अन्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता सफल यात्राको योग छ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता चिताएको कामले तीव्रता लिनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साताको सुरुका दिनमा मनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शेयर बजारले पनि साथ नदेला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो या घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । पुँजी बजारले पनि साथ दिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बुधवारबाट आत्मबलमा कमी आउने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । कर्मक्षेत्र पनि सङ्घर्षशील रहनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता लाभदायक यात्राको योग छ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य सम्पादन हुनेछ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धार्मिक यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता छोटो दुरीको सफल र लाभदायक यात्रा पनि हुनेछ । कुनै न् कुनै कुराले मनमा प्रसन्नता छाउने छ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ र सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो हप्ता लाभहानी सुखदुःख बराबरी खालको दिन रहनेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा हरियो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता सामाजिक प्रतिष्ठा कमाउन सकिनेछ । प्राविधिक र कृषिका काममा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । मध्य सातामा सामान हराउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ । प्रेम जीवन सुखद् रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग आकाशे सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । आज घर परिवारमा झैझमेलाको अवस्था आउला । मङ्गलवारबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Icons made by Roundicons from www.flaticon.com